२०७३/१२/२२,पाल्पामा जिपको ठक्करबाट १ जनाको मृत्यु
------------------------------
--------------------------
पाल्पाको रम्भा गाउँपालिका-२ झोकेदी नजिकै हिजो साँझ जिपको ठक्करबाट स्थानिय ६२ वर्षिय बहादुर सिंह सुनारी घटनास्थलमै मृत्यु भएको छ । हिजो साँझ साँढे ५ बजे पाल्पाकै देउरालीबाट झोकेदीतर्फ जाँदै गरेको लुु १ ज १७७७ नम्बरको जिपले पैदल हिडिरहेका सुनारीलाई ठक्कर दिएको थियो । जिप सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।



