[ ]
Latest News Updates

ADVERTISE WITH US

यात्रुले जथाभावी बाटो काटे दुई सय जरिबाना
Friday, April 28, 2017 Posted by Chitra Khabar


काठमाडौं । पैदल यात्रुले अब जेब्राक्रसबाहेक अन्य स्थानबाट बाटो क्रस गरेको पाइएमा ट्राफिक प्रहरीले कारवाही गर्ने भएको छ ।
काठमाडाैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले अब जथाभावी बाटो क्रस गरेमा यात्रुलाई पनि कारवाही गरिने बताए ।
“कुनै पनि पैदल यात्रुले जेब्राक्रसबाहेक अन्य ठाउँबाट बाटो काटेमा त्यस्तो पैदल यात्रुलाई पनि पक्राउ गरेर दुई सय रुपैयाँ जरिबाना तिराइनेछ,” लामाले भने ।
उनले रकम तिर्न नसक्ने यात्रुको हकमा भने अन्य व्यवस्था गर्ने बताए । उनले जेब्राक्रसमा पैदल यात्रु देखेर पनि नरोक्ने सवारी साधनलाई पनि कारवाही गर्ने बताए ।
महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न वैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो । पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपिल गरेको छ ।
महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडांैमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।
ट्राफिक प्रहरी स्रोतका अनुसार अहिले केहीदिनलाई पहिले सम्झाई बुझाई गर्ने र केही दिनपछि जथाभावी बाटो काट्ने यात्रुलाई पनि २ सय रुपैयाँ जरिबाना गर्ने तयारी छ ।
स्रोतका अनुसार वैशाख महिनाभर सचेतना अभियान जारी रहनेछ । 


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi