[ ]
Latest News Updates

ADVERTISE WITH US

सर्लाहीमा मोटरसाईकल दुर्घटना, ५ जना घाइते
Thursday, June 29, 2017 Posted by Chitra Khabar

२०७४/०३/१६,
------------------------------
---------------------------
सर्लाहीको हरीवनमा गएराति सवा १२ बजे ना ३२ प ५०५ नम्बरको मोटरसाइकल र ग ५ प ७६६६ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा ५ जना घाइते भएका छन् । दुर्घटनामा तीन जना सवार रहेका ५०५ नम्बरको मोटरसाइकल चालक बिनोद भुजेल, पछाडी सवार श्याम भुजेल र बिनोद श्रेष्ठ घाइते भएका हुन् । त्यस्तै, ७६६६ नम्बरका मोटरसाइकल चालक उज्जवल पुलामी र पछाडी सवार अजय लामिछाने पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागी नमुना अस्पताल हरिवन पठाइएकोमा बिनोद, उज्जवल र अजयलाई भने थप उपचारको लागी चुरेहिल अस्पताल हेटौडमा पठाइएको छ । नमुना अस्पतालमा उपचारत दुई जना भने डिस्चार्ज भैसकेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi