[ ]
Latest News Updates

ADVERTISE WITH US

नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, पहिरोसँगै प्रहरी भ्यान र ट्रक त्रिशुलीमा खस्यो
Thursday, June 22, 2017 Posted by Chitra Khabar


नारायण ढुंगाना  |
असार ९, २०७४ चितवन: चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत  ईन्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिकाखोलामा गएराती एउटा ट्रक र प्रहरीको भ्यान पहिरोसँगै त्रिशुली नदीमा खसेको छ । राती करिव १ बजेको समयमा कालिखोलामा खसेको पहिरोले बगाएर प्रहरीको भ्यान र ट्रक त्रिशलीमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए। उनका अनुसार ईलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी सहायक निरिक्षक निश्चल तामाङ सहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की र लिलबहादुर चेपाङ सम्पर्क विहिन छन्।अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाट भट्ट, प्रहरी प्रमुख थापा सहितको उद्धार टोली खटिएको छ । नेपाली सेना, जनपद प्रहरी र कुरिनटार स्थित ससस्त्र प्रहरीको विपद उद्धार टोली समेत घटनास्थलमा पुगेर उद्धार थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठुलो पहिरो खसेकाले अहिले राती १ बजेदेखि नै बाटो समेत अबरुद्ध भएको छ। पहिरो पन्छाउने क्रम र उद्धारको क्रम संगसँगै भैरहेको छ ।  ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक योगेन्द्र बहादुर हमालले राती गस्तीमा रहेको आफुनो ४ जनाको प्रहरी टोली पहिरोमा परेर सम्पर्क विहिन भएको जानकारी दिए। ‘४ जना प्रहरीहरु सम्पर्कमै छैनन, ट्रक चालकलाई सकुसल उद्धार गरिएको छ, सहचालक गम्भिर घाईते अबस्थामा उद्धार भएका छन्, हामी अहिले उद्धार मै खटिएका छौं,’ उनले  संक्षिप्त प्रतिक्रिया दिंदै भने।  मुग्लिन प्रहरीका अनुसार राती ९ बजेपनि उक्त सडकमा पहिरो गएको थियो र सो पहिरो पन्छाएर प्रहरी टोली सडक गस्ती मै थियो।त्यही क्रममा कालिखोलामा ठुलो पहिरोमा दुई वटा गाडी परेका हुन् । यसअघि गएको हप्तामा मात्रै सोही ठाउँमा दुईवटा पहिरो खसेको थियो। यो क्षेत्र मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ पर्छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi