काठमाडौंको खिचापोखरीमा गाडी ब्याक गर्दा १ को मृत्यु
![]() |
| file photo |
काठमाडौंको खिचापोखरीस्थित मेट्रो प्लाजामा हिजो उकालोमा रोकेको सवारी साधन ब्याक हुँदा गम्भिर घाईते भएका १ जनाको मृत्यु भएको छ । ललितपुर ईमाडोलका ३० बर्षीय विनोद डंगोलको मृत्यु भएको हो । हिजो अपरान्ह् बा ७ च २४१३ नम्बरको स्कारपियो जिप पार्किङ्गबाट निकाल्ने क्रममा उकालोमा गाडी रोकी,गाडीबाट झरेको अवस्थामा गाडी ब्याक हुँदा डंगोल घाईते भएका थिए । दुर्घटनामा गम्भिर घाईते भएका डंगोलको उपचारको क्रममा राती १० बजे, शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । सवारी साधनको पछाडी भाग क्षती भएको छ ।




