काठमाण्डौ तराइ द्रुतमार्गको काम छिट्टै सकाउने प्रयासमा नेपाली सेना
काठमाडौं । काठमाडौं–तराई (निजगढ) द्रुतमार्गको काम सेनाले अघि बढाए । गएको वैशाख २१ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मा दिएपछि सेनाले काम अघि बढाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको द्रुतमार्गको लागि नेपाली सेनाले फास्टट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआरको खोजी/अध्ययन, आवश्यक उपकरणको खोजी/ठेक्का र जनशक्तिको जम्मा गर्न थालिसकेको छ । सरकारले ४ वर्षभित्रमा द्रुतमार्गको काम सक्नेगरि दिएको जिम्मा समयमै पुरा गर्नेगरी काम थालिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी झंकरबहादुर कठायतले बताए ।
वैशाख २१ गतेको मन्त्रीपरिषद्को बैठकले नेपाली सेनालाई द्रुतमार्गको जिम्मा दिएपछि नै सेनाले यो प्रोजेक्टलाई महत्व दिएर काम थालेको छ । जिम्मा पाएको केहि दिनमै सेनाले द्रुतमार्गको ७२ दशमलव २ किलोमिटर खण्डको अध्ययन गरेको थियो ।



