काठमाडौंको बालाजुमा बसको ठक्करबाट कारमा सवार ४ जना घाईते
२०७४/०५/०३
-----------------------------------------------------------------------------
गएराती पौने १० बजे, काठमाडौंको बालाजुमा बा २ ख ३४४ नम्बरको बसको ठक्करबाट बा ९ च ६७८ नम्बरको कारमा सवार ४ जना मानिसहरु घाईते भएका छन् । कार चालक थानकोटमा संजिव सुवेदी, कारमा सवार ललितपुर नख्खुका सुधिर शर्मा, ललितपुर जावलाखेलमा मौसम कार्की र भैसेपाटीका राजेश थापा घाईते भएका हुन् । घाईते भएका मध्ये शर्मा र सुवेदीको त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ भने अन्य २ जनाको पिपुल्स अस्पताल नयाँबजारमा उपचार भैरहेको छ । दुवै सवारी साधनलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भैरहेको छ ।
-----------------------------------------------------------------------------



