[ ]
Latest News Updates

ADVERTISE WITH US

प्रहरी वरिष्ठ उपरीक्षक सवेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा
Tuesday, July 25, 2017 Posted by Chitra Khabar


काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा आएका छन् । खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताएका छन् । 

खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका छन् । ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi