पहिरो पन्छाएपछि सडक सञ्चालनमा
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो ।
रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट सात किमी नारायणगढतर्फ पर्छ । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खस्ने क्रम बढेपछि सो सडक राति बन्द गरिँदै आएको छ ।