[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ६ जनाको मृत्यु
Tuesday, November 28, 2017 Posted by Chitra Khabar

चितवन, मंसिर १३ । चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशुली नदीमा आज बिहान यात्रुबाहक बस खसेको छ ।


बिहान सवा ९ बजे भएको दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

अन्यको उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु१ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । नदीमा बसको छतमात्र देखिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi