[ ]
Latest News Updates

ADVERTISE WITH US

सिमकोट विमानस्थलको जोखिमः बजार क्षेत्रलाई जुनसुकै बेला खतरा(भिडियो)
Tuesday, November 28, 2017 Posted by Chitra Khabar

भौगोलिक विकटताका हिसावले हुम्ला अति दुर्गम जिल्ला मानिन्छ । यहाँका बासिन्दाका लागि यातायातको एक मात्र विकल्प साधन हवाई सेवा हो ।

तर हुम्लाका सबै क्षेत्रका बासिन्दाले यो सेवासमेत पाउन सकेका छैनन् । महंगोसेवाका कारण बृद्धबृद्धा, असक्त, महिला, वालवालिका र न्युन आर्थिक स्तर भएकालाई हवाइजहाज चढ्नु ‘फलामे चिउरा चपाउनु’ जस्तै भएको छ ।
क्षेत्रफलका हिसावले देश कै दोस्रो ठूलो जिल्ला भए पनि हुम्ला सदरमुकाम सिमकोटमा एक मात्र विमानस्थल छ । यहाँका ग्रामीण भेगका बासिन्दा हवाइजहाजको यात्रा गर्न चार दिनसम्मको पैदल यात्रापछि विमानस्थलसम्म पुग्दछन् ।
हुम्लाका लागी यात्रु बोक्ने, खाद्यान्न, नुन र दैनिक उपभोग्य वस्तु ढुवानीको लागि एक मात्र साधनका रुपमा हवाई सेवा रहेको छ । हुम्लामा गोमा, सीता, मकालु र दारा एयरले दैनिक उडान भर्दै आएका छन् ।
अन्य विकल्प नहुँदा हवाइमार्ग प्रयोग गर्नु पर्ने यहाँका बासिन्दाको बाध्यता छ ।
हवाई यात्रा जोखिमपूर्ण पनि छ । जोखिम पूर्ण यात्राको भय रहँदा रहँदै मंगलबार सिमकोट विमास्थलमा तारा एअरको विमान दुर्घटनामा पर्दा स्थानीय त्रसित भएका छन् ।
मानवीय क्षति नभए पनि यस्तो दुर्घटनाले खतरा निम्त्याएको स्थानीय बताउँछन् । धावन मार्ग सिमकोट बजारको बीचमा रहेकाले सिमकोट बजार नै खतरामा रहेको स्थानीय बताउँछन् ।
सुरक्षाकर्मी बोकेको विमानमा उनीहरुका हातहतियार समेत रहेकाले विमानमा आगलागी भएको भए ठूलो मानवीय र भौतिक क्षति हुने अवस्था थियो ।
तर चालक दलको बुद्धिमानीले जोगिएको छ । हुम्ला जिल्लाको हवाई दुर्घटना तथ्यांकलाई हेर्ने हो भने अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।
अरु दुर्घटनामा भने मानवीय क्षति नभएकाले स्थानीयले यसैलाई सौभाग्य मान्दछन् ।
यस्ता दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरकारी पक्षले ध्यान दिनुपर्ने देखिन्छ भने सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi