[ ]
Latest News Updates

ADVERTISE WITH US

नेपाली सेनाको गाडी ‘ब्रेकफेल’ भई पल्टिँदा १४ घाइते / दुईको अवस्था गम्भीर
Tuesday, November 28, 2017 Posted by Chitra Khabar

‘ब्रेकफेल’ भई सेनाको गाडी पल्टिँदा १४ घाइते

अछाम,  मंसिर , नेपाली सेनाको गाडी हिजो  साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् ।
फाईल तस्बिर 
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।
घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi