[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्र्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको निधन, १५ घाइते
Saturday, November 25, 2017 Posted by Chitra Khabar

महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ नंको ट्र्याक्टरले विपरीत दिशाबाट बा२४प ५०५२ नंको मोटरसाइकल चलाएर आउँदै गरेका साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।
सोही घटनासँगै ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार १५ जना यात्रुसमेत घाइते भएको र उनीहरुको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ ।
घटनापश्चात् ट्र्याक्टर चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi