मतदानका लागि घर फर्किएका मतदाताहरुलाई गाडीमा नै मतदाता शिक्षा
काठमाडौ । मतदान गर्ने समय केही घण्टा मात्र बाँकी रहदा आम मतदाताहरु निकै उत्साहित भएका छन । मतदानकै लागि भनेर पढाई, रोजगारी तथा अन्य कामले काठमाडौमा बस्दै आएका मतदाताहरु धमाधम घरतर्फ फर्कने क्रम पनि तीब्र बनेको छ । कतिपय जिल्लामा जानको लागि दलका नेताहरुलेनै यातायातको व्यवस्था गरिदिएका छन भने कतिपय आफ्नै खर्चले पनि गइरहेका छन । यहि क्रममा दलका कार्यकर्ताहरु गाडीमा नै मतदान गर्ने तरिका सिकाउँदै हिडेका छन ।
राजधानी काठमाडौमा शिक्षा, रोजगारी, व्यवसाय लगायतका कारणले बिभिन्न जिल्लाका मानिसहरु बसोबास गर्दै आएका छन । काम विशेषले राजधानीमा बस्दै आएको भएपनि उनीहरु आफ्नो प्रतिनिधि छान्न भने यतिखेर जन्मथलोतिर लागेका छन । अहिले राजधानीबाट अन्य जिल्लातर्फ जाने गाडीहरुमा खचाखच मतदाता देखिएका छन् भने सयौँको सङ्ख्यामा गाडी रिजर्भ गरेर मत खसाल्नको लागि उनीहरु आफ्नो जिल्लातर्फ फर्किएका छन । हुन त जिल्लाका नेताहरुले आफ्ना कार्यकर्ता तथा मतदाताहरुका लागि भिन्दै गाडीको व्यवस्था गरेका छन । तर कतिपय मतदाता भने आफ्नै खर्चले भोट हाल्न गएका छन ।
मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भैरहेको समयमा दलका कार्यकर्ताहरुले काठमाडौबाट बाहिर जाने गाडीमा नै मत हाल्ने तरिका सिकाइरहेका छन । मतदाताले हालेका मत खेर नजाओस र समयको सदुपयोग होस् भन्ने उदेश्यले आफुहरुले गाडीमानै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको उनीहरुको भनाई छ ।
यसरी दलका कार्यकर्ताहरुले सिकाएको मतदान गर्ने तरिकाले मतदाताहरु झन भ्रममा परेका छन । उनीहरुले आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्ने तरिका सिकाउने भएकोले स्वतन्त्र रुपमा मत हाल्न खोज्ने मतदाताहरुमा भ्रमण सिर्जना भएको छ । दलका कार्यकर्ताहरुले घोकन्ते शैलीमा आफ्नो पार्टीलाई मात्र भोट हाल्ने तरिका सिकाउने हुँदा मतदाताले आफ्नो भावना अनुरुप मतदान गर्दा अल्मलिन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।