[ ]
Latest News Updates

ADVERTISE WITH US

आन्तरिक उडानमा यात्रीहरुको संख्या ह्वात्तै बढ्यो
Saturday, November 25, 2017 Posted by Chitra Khabar

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा यात्रीहरुको संख्या ह्वात्तै बढेको छ ।


आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओहोर–दोहोर गर्ने यात्री तथा विमान कम्पनीको भाडादरमा भएको भारी कटौतीले आन्तरिक उडानमा यात्रीहरुको संख्या बढेको विमानस्थल सन्चालन विभागका निर्देशक प्रेमनाथ ठाकुरले बताए ।

विगतमा दैनिक ५५ सय देखि ६ हजारको हाराहारीमा आहोर–दोहोर हुने विमानस्थलमा हाल ८ हजारको संख्यामा यात्रीहरुको आवात–जावत भइरहेको जनाइएको छ ।

विमानस्थलको आन्तरिक उडानमा दैनिकजसो तीन हजारको संख्यामा यात्रीहरु बढिरहेको विमानस्थल सन्चालन विभागका निर्देशक ठाकुरको भनाइ छ ।

निजी तथा सरकारी स्वामित्वका विमान कम्पनीले ५० र ७२ सिट संख्याका हवाईजहाज थप गर्नाले सन्चालन शुल्कमा कमी आएको जनाइएको छ ।

सन्चालन शुल्कमा गिरावट आउनाले विमान कम्पनीले भाडादरमा कमी गरेको विभागका निर्देशक ठाकुरले जानकारी दिए ।

भाडादरमा कमी आउनाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवात–जावात गर्ने यात्रीको संख्या पनि उल्लेख्य बढेको विमानस्थलले जनाएको छ ।

यात्रीको संख्यासँगै विमान कम्पनीले पनि आफ्ना उडान तालिका बढाएका छन् ।

कात्तिक २८ गते ३१६ आन्तरिक उडान गरेका विमान कम्पनीले मंसिर ७ गतेसम्म आइपुग्दा ३५१ उडान भरेका छन् ।

यात्रीको चाप थेग्न गाह्रो भएर विमान कम्पनीले १० दिनको अन्तरालमा ३५ उडान थप गरेको विभागका निर्देशक ठाकुरले बताए ।

यात्रीहरुको चाप बढ्नाले विमानको टिकटका लागि पनि हप्तौ कुर्नुपर्ने बाध्यता भएको छ ।

यात्रीका चापका आधारमा नेपाल एअरलाइन्स अग्रस्थान रहेको छ । नेपाल एअरलाइन्सलाई बुद्ध, यती, श्री, सौर्य, तारा, सीता, सुमित र सिम्रिक एअरलाइन्सले भने क्रमशः पछ्याएको विभागका निर्देशक ठाकुरले जानकारी दिए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi