लगन गाँठो कसेको तिन दिनमै इनिस्पेक्टर जोडीको सडक दुघर्टनामा मृत्यु
मंसिर ९, -रुकुममा भएको सडक दुघर्टनामा नेपाल प्रहरीका इन्स्पेक्टर दम्पती सहित सात जनाकोे मृत्यु भएको छ ।रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ संँखमा भएको दुर्घटनामा रुकुमकोटका प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो । उनीहरु घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए ।

विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो । ईन्सपेक्टरद्धय यसै साता विवाह बन्धनमा बांधिएका थिए।दुर्घटनामा परी मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्लको निधन भएको प्रहरीले जनाएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बांफिकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।



