[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो बन्दैछ् अब राजधानीको कलंकिचोक { फोटो फिचर}
Tuesday, November 14, 2017 Posted by Mero Tv

राजधानी प्रवेशको मुख्य नाका कलंकीमा वर्षौदेखि दैनिक जामका कारण दिक्क भएका सर्वसाधारणले २०७५ साउनदेखि सहज महसुस गर्न पाउने भएका छन्। चीन सरकारको सहयोगमा कलंकी चोकमा बन्न लागेको ‘क्रस रोड’को काम आउँदो पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र अघोषित नाकाबन्दीले लम्ब्याएपछि सात महिना धकेलिएको थियो।

आयोजनाले पृथ्वी राजमार्गसँग अरनिको राजमार्ग जोड्नेछ। कालीमाटीतर्फबाट थानकोटतिर जाने सडक समानान्तर उचाइमा रहन्छ भने बल्खुबाट सीतापाइला जाने सडक चोकबाट चार सय मिटर दक्षिणदेखि चार सय मिटर परसम्म ‘अन्डरपास’ बन्नेछ । चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ ।

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ टिनले घेरिएको ठाउँमा चार सयवटा बोर्ड पाइल गर्ने काम भइरहेको छ ।

चोकमा ‘क्रस रोड’ बनाउने काम कोटेश्वरदेखि कलंकीसम्मको १०.३९५ किलोमिटर सडक आठ लेनको बनाउने आयोजनाभित्रै परेको छ । आयोजना २०७० भदौदेखि सुरू गरिएको हो । भूकम्प र त्यसपछि अघोषित नाकाबन्दीले झन्डै ६ महिना अलमलमा परेको उक्त आयोजनाको काम अहिले तीव्र गतिमा छ।

बल्खुबाट थानकोटतर्फ लाग्दा मोडिने ठाउँ (देब्रेपट्टि) रहेका रिटेनिङ वाल कमजोर रहेको ठहर गर्दै चिनियाँ कम्पनीले तलैबाट जग हालेर एक सय ३० मिटर लामो बनाउने भएको छ । त्यस क्रममा हाल चोकमा बारिएको स्थलको दायाँबायाँ दुईदुई लेनबाट काम चलाइएको सडकमा अब एकतर्फबाट काम चलाइनेछ ।

त्यसपछि बल्खुबाट थानकोट मोडिने र विपरीत दिशाबाट बल्खु जाने सवारीसाधनले पनि सोही सडक प्रयोग गर्नेछन् । चीन सरकारले झन्डै पाँच अर्ब रुपैयाँ खर्चिएर आयोजना सम्पन्न गर्न लागेको हो।
हेर्नुहोस् तस्बिरमा




















Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi