‘सुरक्षा संरचनाको कमीले दुर्घटना बढ्दो’
![]() |
| फाईल तस्बिर |
पृथ्वी राजमार्गको धादिङ खण्डमा शनिवार बिहानै त्रिशुली नदीमा जीप खस्दा सिँचाइ सचिव रामानन्द यादवसहित दुईजनाको ज्यान गयो भने एकजना अझै बेपत्ता छन्। सोही सडकखण्डमा केही महिनाअघि मात्रै ३१ जनाको ज्यान जानेगरी यात्रुबस दुर्घटना भएको थियो।एकपछि अर्को भएका यस्ता दुर्घटनाका कारण नेपालमा बर्सेनि सरदर करिब २ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ। तर साँघुरा सडकका घुम्तीहरूमा राखिनुपर्ने संकेत तथा सडक छेउमा राखिनुपर्ने स्टीलबार वा पर्खाल जस्ता सामान्य पूर्वाधार समेत नहुँदा त्यस्ता दुर्घटना पटक(पटक हुने गरेको सडकसम्बन्धी विज्ञ तुलसी सिटौलाको तर्क छ। उनले भने, सडक दुर्घटना न्यूनीकरण गर्न सडक संरचनाको महत्त्व अत्यन्तै छ। नदी किनारमा रहेको सडक छ भने छेउमा स्टीलबार राख्यो भने त्यसमा ठोक्किएर गाडी तल नखस्ने हुनाले दुर्घटना कम गर्न र क्षति घटाउन सकिन्छ।




