[ ]
Latest News Updates

ADVERTISE WITH US

गाडी जुध्दा वडाध्यक्षको मृत्यु, तीन घाईते / वडाध्यक्षको गाडी यस्तो भयो ( फोटो फिचर )
Sunday, February 18, 2018 Posted by Mero Tv

नारायण ढुगाना, चितवन, ६ फागुन ः चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ शान्तिचोकमा आजराती भएको सवारी दुर्घटनामा परी यहाँको खैरहनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको मृत्यु भएको छ ।

राती करिव ८ः३० बजेको समयमा खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरित दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्बरको गाडी एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका बस्नेतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राती ८ः५० बजे मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी खैरहनी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र सवारी चालक खैरहनी १२ का राजकुमार अधिकारी गम्भिर घाईते भएका छन् । उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तरकारी बोक्ने पिकअप भ्यानले अर्का एक जना साईकल यात्री रामबहादुर दराईलाई समेत ठक्कर दिएकाले उनको अहिले कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उक्त गाडीका चालक भने फरार छन् ।





Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi