[ ]
Latest News Updates

ADVERTISE WITH US

कैलालीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
Saturday, February 17, 2018 Posted by Mero Tv

कैलाली, फागुन ५ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ अत्तरियाबजारनजिकै शनिबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।
टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi