[ ]
Latest News Updates

ADVERTISE WITH US

सिन्धुलीको सेल्फीडाँडो नजिकै भयावह सवारी दुर्घटना, हजुरवुवाको तेह्राें दिनको काजकीरियाको सामान ल्याँउदै गरेका नाती सहित चारको मृत्यु
Friday, February 16, 2018 Posted by Chitra Khabar

तुलसा कोइराला । काठमाडौं । फागुन ४ । सिन्धुली सदरमुकाम सिन्धुलीमडीबाट तिनकन्या हुंदै नाकाझोली तर्फ जाँदै गरेको बलेरो जिप आज साँझ दुर्घटना हुंदा चार जनाको घटना स्थलमानै मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएको छन् घाइते मध्य ७ को अवस्था गम्भीर रहेको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बा ११ च २२७५ नम्बरको जीप साँझ ५ बजे सडक देखि ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बलेरो दुर्घटनामा परी गोलन्जोर नगरपालीका ५ बस्ने बर्ष १९ बर्षिया नवराज थापा, बर्ष ५८ को लक्ष्मी देवकोटा, बर्ष २० का युवराज लुंगेली मगर र बर्ष २२ को रेशम कार्की रहेका छन् ।
बलेरो दुर्घटनामा परी मृत्यु हुने २० बर्षिया युवराज लुंगेली मगर हजुरबुबा भगत बहादुर लुंगेली मगरको तेह्रौदिनको काजकिरीयाको सामान लिएर गाँउ र्फकंदै गरेका थिए ।
दुर्घटनामा परी घाइते भएका ११ जनाको जिल्ला अस्पताल सिन्धुली र बाँकीको काठमाडौंमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi