[ ]
Latest News Updates

ADVERTISE WITH US

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते
Sunday, February 11, 2018 Posted by Mero Tv

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार बोलेरो जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बेनीदेखि शिख जाँदै गरेको ग१ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का भूपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दीपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित पाँचजना सवार रहेको घाइतेले बताए पनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीद्वारा घाइतेको उद्धार गरिएको थियो । (रासस)

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi