[ ]
Latest News Updates

ADVERTISE WITH US

झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
Sunday, February 11, 2018 Posted by Mero Tv

झापाको छुट्टाछुट्टै स्थानमा आईतबार साँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको मृत्यु भएको छ ।

ती दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिका–१५ मिलन चौकमा आइतबार साँझ ६ बजे मे१त ४०९४ नम्बरको ट्याक्टरले मे२प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार रहेका मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय मुक्तिराज थिङलाबु (लिम्बु) को घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको ओमसाई पाथिभरा अस्पतालाम उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएको छ ।

यता शिवसताक्षी नगरपालिका १० किराँत चौकमा आईतबार प्रहरीको क्युआरटी मोटरसाइकलसँग अर्को मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको भने प्रहरीसहित दुई जना घाइते भएका छन् ।

साँझ करिब ६ः३० बजे गस्तीमा रहेको बा२ब ११६२ नम्बरको मोटरसाइकलसँग भारतीय नम्बर युपि–३२–जियु ४६७५ नम्बरको मोटरसाइकल ठोक्किंदा उक्त मोटरसाइकल चालक ईलाम नगरपालिका ३ बस्ने २६ वर्षीय गंगा गुरुङको उपचारका लागि बिएण्डसी अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडी सवारी ईलाम फाकफोकथुम गाउँपालिका ६ बस्ने १८ वर्षीया टिका गुरुङ र प्रहरी सहायक निरीक्षक रेवत प्रसाद दाहाल घाइते भएका छन् । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi