काठमाडौं । साझा यातायातको ‘सेमी लो फ्लोर’ बस बुधबारदेखि गुड्ने भएको छ । उक्त बस लगनखेलस्थित पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म आपाङ्मैत्री गुड्ने भएका छन् ।

‘सेमी लो फ्लोर’ बस सेवको उद्घाटन भोलि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गर्ने तय भएको छ । बिरामीहरुलाई लक्षित गरेर यो विशेष बस सेवा सञ्चालन गर्न लागिएको हो । तर, सर्बै सर्वसाधाराणले यसमा सेवा लिन पाउने साझा यातायातमा निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएको हो । यो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन ।
अस्पताल जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि होस् ज्येष्ठ नागरिक अपाङ्ग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता हट्ने भएको छ ।



