[ ]
Latest News Updates

ADVERTISE WITH US

नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः दैनिक ६ घण्टा बन्द
Sunday, April 15, 2018 Posted by Chitra Khabar

चितवन ।उपत्यकालाई अन्य जिल्ला सँग जोड्ने प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।नयाँ वर्षको अवशरमा भन्दै हिजो खुल्ल गरीएकोमा आजदेखि पूनः निर्माण छिटो सम्पन्न गर्न दैनिक ६ घण्टा बन्द गरिएको छ ।
आयोजनाका अनुसार कामलाई निरन्तरता दिन आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने र विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । आयोजनाले बताएअनुसार नारायणगढ तर्फबाट जाने सवारी साधानलाई जुगेडी, रामनगर र आँपटारीमा रोकिने  गरिएको छ भने, मुग्लिन भएर आउने सवारी साधनलाई मुग्लिन आसपासमा  रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ भने १२ प्रतिशत काम मात्र बाँकि रहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi