झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
Monday, February 29, 2016 Posted by Chitra Khabar
१७ फागुन, विर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।मेचीनगर नगरपालिका-३ मा सोमबार बिहान मे २ प २९७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ४३ वर्षीया मैया मलाहाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।
Chitra Khabar
Thanks for your visit..!
Designed By Raaz subedi