[ ]
Latest News Updates

ADVERTISE WITH US

पर्वत पाखापानी हुदैँ लुंखुदेउराली जोड्ने सडक खण्ड सुचारु
Monday, February 29, 2016 Posted by Chitra Khabar

माधब पराजुली , पर्वत
 १७ फागुन – पर्वतको फलेवास देखि स्याङजाको रापाकोट सडक खण्ड अन्तर्गत लुंखुदेउराली गाबिस देखि पुर्णगाउँ हुदैँ पाखापानी लामतुङ जोड्ने सडक खण्ड सुचारु भएको छ । चर्को बिरोध र राजनितिक खिचातानीका कारण रोकिएको सडक खण्ड शनिवार देखि सुचारु भएको हो ।
लुंखुदेउरालीबाट लामतुंक सम्मको करिब १५ कि.मि. बाटो पटक पटक स्थानीय दलका नेता कार्यक्रताले अबरुद्ध गर्दा गाडीहरु गुड्न सकेका थीएन्न । उक्त सडक खण्ड सञ्चालनमा आए पछी सदरमुकाममा आवजावत गर्न स्थानीएलाई सहज भएको छ भने पाखापानी बाट स्याङजा हुदै बुटवल जानपनी बाटो खुलेको छ ।

२०६९ साल देखि निर्माण कार्य शुरु गरिएको सडकमा निर्माणकार्यको शुरुवात देखिनै चर्को बिबाद उत्पन्न भएको र बाराम्बार बिभिन्न राजनितिक दलका व्यक्तिहरुलाई राखी समभौता भएको तर समझौता कार्यान्वयन हुन नसकदा सडक सञ्चालनमा कठिनाई भएकोे बाटो निमार्ण समितिका सचिव सोम बिकले बताउनुभयो । उहाँले सडक निमार्णकार्य भईरहदाँ स्थानीय दलका कार्यक्रतालेनै डोजरमा ढुङ्गा मुडा प्रहार गरेकाले निर्माणकार्य अबरुद्ध हुदाँ समयमै ट्राक खुल्न नसकेको पनि बताउनुभयो । उक्त सडक स्थानीएको अनुमानीत १० लाख श्रमदान, बिभिन्न तह र तप्का बाट सहयोगमागी रु.२४ लाख ७५ हजार लागतमा निर्माण गरिएको बिकले बताउनुभयो ।
उक्त सडकको सुचारु पर्वत क्षेत्र नं २ का सांसद बिकास लम्सालले गर्नुभएको हो । सडक सुचारु गर्दै सांसद लम्सालले गाउँ बिकास मा स्थानीएनै रुष्ट बनेको भन्दै बिकास निर्माण कार्यमा राजनिति खिचातानी गरेमा सम्पुर्ण बिकास निर्माणका कार्य अधुरै रहने बताउनुभयो । लम्सालले प्रशासन,सुरक्षा प्रमुख,यातायात व्यवसायी,उधोगी टोली लगाएतले अनुमान गरे सगैँ सर्वसाधरणको हितलाई ध्यानमा रखेर आफुसोही ठाउँमा पुगेर अबरुद्ध सडक सञ्चालनमा ल्याएको बताउनुभयो ।
लम्सालले गाउँको बिकास गर्न स्थानीयबासी अरुको आश्रीत हुन नहुने भन्दै बिकास निर्माणमा पहाडको भुमीका कामजोर भए सिगों नेपालनै कमजोर बन्ने बताउनुभयो । उहाँले जनताको आवाज बुलन्द पार्न उन्नति प्रगति संमृद्धितर्फ जनता लाई लाम्काउन आफुलागी परेको भन्दै उक्त बाटोको निर्माणकार्यमा कुनै कुराको कमीहुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उक्त सडक खण्ड सुचारु भएसगैँ स्थानीयबासीहरुले खुसीयाली मनाएका थीए । सडक सुचारु भएपछी स्याङजाको आरुचौर,रापकोट गाबिसहरु र पर्वतका फलामखानी लुंखु,पाखापानी,कुर्घा बालाकोट लगाएतका गाबिसहरु लाभान्वित भएका छन् 




Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi