बानेश्वरमा सवारी दुर्घटना, एक महिलाको मृत्यु / पाल्पामा पनि १ को मृत्यु
२०७३/०१/२३, काठमाडौँको बानेश्वरमा सवारी दुर्घटना, एक महिलाको मृत्यु
-----------------------------------------------------------------------------
काठमाडौँको बानेश्वरमा आज बिहान साढे ५ बजे ना ५ ख २६१८ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ५३ बर्षिया महिलाको मृत्यु भएको छ । ट्रिपरको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा सिभिल अस्पतालमा ६ बजे मृत्यु भएको हो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भैरहेको छ ।
२०७३/०१/२३, पाल्पामा सवारी दुर्घटना, १ को मृत्यु
पाल्पाको दोभान ४ पानी मिल नजिकै आज बिहान सवा ५ बजे लु १ ख ४६३१ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक धादिङ धार्के ४ का २२ बर्षिय हरी बहादुर थापाको घटनास्थल मै मृत्यु भएको छ ।




