नवलपरासीमा सवारी दुर्घटना १ जना घाइते
२०७३/०१/२५,
----------------------------------------------------------------------
आज दिउँसो साढे १ वजे नवलपरासीको कावासोती नगरपालिका-१६ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४१ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना ५ प ३७७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कावासोती-१६ वस्ने ५८ वर्षिय प्रेम बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते बुढाथोकीलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ ।
२०७३/०१/२५, कपिलवस्तुमा सवारी दुर्घटना १ जना घाइते
------------------------------------------------------------
आज मध्यान्ह १२ बजे पत्थरकोट बाट गोरुसिङे तर्फ आउदै गरेको लु १ त ९८७७ नम्बरको ट्याक्टर कपिलवस्तुको बुद्धबाटिका नगरपालिका स्थित गोरुसिङे सडकखण्डमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक चनघाट बस्ने २९ बर्षिय हरीद्धार थारु घाईते छन् । घाईते थारुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरी चौकी घन्चौरा बुटवलले जानकारी दिएको छ ।




