भरतपुरमा सवारी दुर्घटना १ को मृत्यु
२०७३/०१/२५,
------------------------------------------------------
आज दिउसो १ बजे चितवनको भरतपुर नगरपालिका-९ टिकौली जङगल स्थित ना ३ त ७०४ नम्बरको ट्याक्टर बाट खसेर गम्भिर घाईते भएका १ ब्यक्तिको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका-९ का ३२ बर्षिय आशा तामाङ रहेका छन् । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
२०७३/०१/२५, कंचनपुरमा सवारी दुर्घटना, १ को मृत्यु
-------------------------------------------------------
कंचनपुरको बेतकोट १ चम्फापुरमा आज बिहान ६ बजे ना ३ ख ८१८६ नम्बरको बसले से १ त २४२१ नम्बरको ट्याक्टरलाई ठक्कर दिंदा ट्याक्टरमा सवार झलारी पिपलाडीकी ४२ बर्षीय सावित्री रानाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेकाले खोजी भैरहको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।




