सप्तरीको कन्चनपुरुमा एक साइकलयात्री मृत्यु / बर्दियामा पनि सवारी दुर्घटना, ७ जना घाइते
२०७३/०२/०५,
--------------------------------------------------------------------
सप्तरीको कन्चनपुरुमा १ मा हिजो बेलुकी सवा ८ बजे बा १३ च ३५६८ नम्बरको स्कारपियो गाडीको ठक्करबाट एक जना साइकलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय जिवाकान्त झा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यलय कंञ्चनरुप सप्तरीले नियन्त्रणमा लिएको छ ।
बर्दियामा सवारी दुर्घटना, ७ जना घाइते
--------------------------------------------------------
बर्दियाको मगरागढी ९ रम्बापुरमा गएराती भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।ना २ ख ४३ १७ नम्बरको ट्रकलाई बा १२ च ३७५ नम्बरको कारले ओभरटेक गर्ने क्रममा अनियन्त्रीत भएर दुवै सवारी साधन पल्टिएका थिए । दुर्घटनामा कारमा सवार ५ जना र ट्रकमा सवार २ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भैरहेको छ ।




