आजबाट सिस्नेरी सडकखण्ड मर्मत कार्य हुँदै
मकवानपुरको सिस्नेरी सडकखण्डको स्तरोन्नतीको काम आजबाट सुरु हुँदैछ । सडक स्तरोन्नतीको काम बिहान ११ बजे देखि साँझ ५ बजे सम्म हुने डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । सडक मर्मतले गर्दा त्यस क्षेत्रको सवारी आवागमन पुर्ण रुपमा प्रभावित हुनेछ । सडक मर्मतको समयमा सिस्नेरीको बाटो प्रयोग गर्ने सवारी साधनहरुले फाखेलचौर हुँदै जान र आउन सक्नेछन् ।



