सप्तरीमा बसको ठक्करमा ३ बर्षीय बालिकाको मृत्यु
राजविराज, ३ जेठ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रामपुर–८ स्थित रुपनीमा बसको ठक्करबाट तीन बर्षिय बालिकाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वका लागि छुटेको बा २ ख ६५८० नम्बरको बसले गएराती पैदलयात्री रामपुर–८ की हिरा थापा र उनकी तीन वर्षकी छोरी शिखालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएकी शिखाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
बसको ठक्करबाट गम्भीर घाइते हिराको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।