लोकन्थलीमा सवारी दुर्घटना, पैदलयात्री गम्भिर घाईते
२०७३/०२/१९,
-----------------------------------
भक्तपुरको लोकन्थलीमा हिजो बेलुकी बा ५९ प ४९ ७५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईते भएका छन् । हाल नाम थर वतन नखुलेका अन्दाजी २६ बर्षीय पुरुष व्यक्ति घाईते भएका हुन् । घाईतेको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई सवारी साधन सहित महानगरीय प्रहरी वृत ठिमीले नियन्त्रणमा लिएको छ ।
२०७३/०२/१९, ईलाममा ट्रक दुर्घटना, चालकको मृत्यु
-------------------------------------------------------
ईलामको फाकफोक २ मा हिजो साँझ ५ बजे काठको गोलिया बोकेको ना २ ख ७३९० नम्बरको ट्रक दुर्घटना हुँदा चालक ईलाम चमैता २ का ४० वर्षिय टेक बहादुर गुरुङ्गको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ ।




