[ ]
Latest News Updates

ADVERTISE WITH US

नारायणगढ–मुग्लीन सडकखण्ड सुचारु
Wednesday, June 1, 2016 Posted by Chitra Khabar

०७३/०२/१९,
---------------------------------------------------------
पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लीन सडकखण्डको सवारी आवागमन केही समय अगाडि पुन सुचारु भएको छ । अवरुद्ध सडक खुलेसँगै जाममा बसेका सवारी साधन चापमा चलिरहेका छन् । 

उक्त सडकखण्डका दर्जन भन्दा बढी ठाउँमा झरेको पहिरोले आज बिहान ३ बजे बाट अवरुद्ध भएको सवारी आवागमन केही समय अगाडि मात्रै खुलेको बताइएको छ । २ वटा लोडरको सहयोगमा पहिरो हटाइएको ईलाका प्रहरी कार्यालय मुग्लीनका प्रहरी निरीक्षक योगेन्द्र बहादुर हमालले जानकारी दिनु भएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi