ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध
ओखलढुंगा, जेठ २० – ओखलढुगांमा ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाइएको छ । ओखलढुंगाको फूलबारीमा बुधबार चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान जाने गरी भएको ट्रयाक्टर दुर्घटना यस्तो निर्याय गरिएको हो ।
जिल्ला दैवी प्रकोप उद्दार समिति ओखलढुंगाको आकस्मिक बैठकले प्रहरी निरीक्षक इन्द्रजित इटनीको नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो । बरुणेश्वर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इटनीको छानबिन टोली घटनास्थलमा खटिसकेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो ।
बैठकले मौसमी सडकहरुको पहिचान गरेर प्रहरीसँग समन्वय गरि सवारी साधन चलाउनु पर्ने, ट्रयाक्टरमा यात्रु ओसारपसारमा प्रतिवन्ध लगाउने र जिल्लाका सम्पूर्ण विद्यालयमा विद्यार्थी तथा सर्वसाधरणलाई ट्रयाक्टरमा आवतजावत नगर्न जनचेतना जगाउने निर्णय गरेको छ ।




