[ ]
Latest News Updates

ADVERTISE WITH US

मोरङ्गमा भ्यान दुर्घटना / २ जनाको ज्यान गयो , ७ जना घाइते
Monday, July 25, 2016 Posted by Chitra Khabar


२०७३/०४/१०,मोरङ्गमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते
---------------------------------------------------------------------------------
मोरङ्गको मितेखोला-२ स्थित केमुनेमा हिजो बेलुकी ८ बजे टाडीबाट रमिते तर्फ जादै गरेको को १ ज १७ ५५ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई दुर्घटना हुँदा मितेखोला-७ बस्ने १८ बर्षिय सिद्धि राई र ईलामका १५ बर्षिय सन्दिप राईको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

सोही दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २ जनालाई न्युरो अस्पताल बिराटनगर पठाइएको छ भने अन्य ५ जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi