ट्रकको ठक्करबाट बालकको मृत्यु थप २ जना घाइते
२०७३/०४/१२, रुपन्देहीमा ट्रकको ठक्करबाट बालकको मृत्यु, २ जना घाइते
-----------------------------------------------------------------------------
रुपन्देहीको सिदार्थनगर-८ स्थित बुद्धचोक नजिकै हिजो बेलुकी ७ बजे ना ६ ख २९१९ नम्बरको ट्रकले लु २१ प ८९३० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार ७ वर्षिय बालक रोनिश खतिवडाको मृत्यु भएको छ भने स्कुटर चालक बालकका बुवा बालकृष्ण र आमा गंगा खतिवडा घाइते भइका छन् ।
घाइतेहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । ट्रक सहित चालकलाई वडा प्रहरी कार्यालय भैरहवाले नियन्त्रणमा लिएको छ ।




