फिस्टेल एयरको हेलिकोप्टरमा ५ दिनको शिशु सहित ७ को ज्यान गयो / यसरि क्य्राश भएको थियो (फोटो फिचर )
काठमाडौं, २४ साउन (ओएनएस) : फिस्टेल एयरको हेलिकोप्टर नुवाकोट, मदानपुर गाविस, बेतनीमा दुर्घटनाग्रस्त हुँदा पाईलटसहित ७ जनाको ज्यान गएको छ ।
दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बुसहित सबै ७ जनाको ज्यान गएको गृह प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । हेलिकोप्टर दुर्घटनामा गोरखा सिद्धिबासकी १९ वर्षीय सुत्केर प्रिति गुरूङ, उनको ५ दिनको शिशु, प्रितिका ससुरा कितमान गुरूङ र सासु अज्ञानी गुरूङ तथा काठमाडौंबाट हेलिकप्टर लिएर फिलिम पुगेकी लक्ष्मी गुरूङको ज्यान गएको हो । त्यस्तै दुर्घटनामा परी स्टाफ नर्स निशा तामाङको पनि ज्यान गएको छ ।
गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर मंगलबार दिउँसो बेतनी जंगलमा दुर्घटनामा परेको थियो । फिस्टेल एयरको थ्रीनाइन एन ए के ए हेलिकोप्टर सोमबार दिउँसो १२ : २२ बजेबाट सम्पर्कविहीन भएको थियो । यसैबीच हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका सातै जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।फिस्टेलकै अर्को हेलिकोप्टरबाट सोमबार साँझ सातै जनाको शव पोष्टमार्टमका लागि ल्याइएको हो ।






