जावलाखेल - पाटन अस्पताल सम्मको सडकमा चार पाङग्रेमा पार्किङ्गमा निषेध
२०७३/०४/२४, जावलाखेल - पाटन अस्पताल सम्मको सडकमा चार पाङग्रेको पार्किङ्ग निषेध
-----------------------------------------------------------------------------------
जावलाखेल देखी पाटन सम्मको सडकमा हुदै आएको दुवै लेनको पार्किङ्गलाई आजबाट ट्राफिक प्रहरीले हटाएको छ ।
सवारी आवागमनलाई सहज व्यवस्थापन गर्न पार्किङ्ग हटाइएको महानगरिय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक सिताराम हाक्षेथुले जानकारी दिनु भएको छ । बिगतमा पार्किङ्गका कारण नियमित सवारी आवागमनमा समस्या भएकोले उक्त क्षेत्रको दुवै तर्फको चार पाङ्ग्रे सवारी साधनको पार्किङ्ग हटाइएको हो । २ पाङ्ग्रे सवारी साधन भने एक लेनमा पार्किङ्ग गर्न सकिनेछ ।




