काभ्रेमा बस दुर्घटनाः मृतकको संख्या ३२ पुग्यो, घाइतेलाई काठमाडौं ल्याइयो
काभ्रे जिल्लाको विर्ता देउराली गाविसमा सोमबार दिउसो यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । चालीस जना घाइते भएको उक्त दुर्घटनामा परेका घाईतेहरुको पनि अवास्थ गम्भीर रहेको बताईएको छ । 

दुर्घटना भएको उक्त बश काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै थियो । बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थियो ।
२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुशार मृतकको संख्या ३२ पुगेको छ र घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको खबर आएको छ ।



