[ ]
Latest News Updates

ADVERTISE WITH US

अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना हुँदा ९ को मृत्यु ६ घाइते
Sunday, August 28, 2016 Posted by Chitra Khabar

अर्घाखाँचीको हंशपुरमा आइतबार दिउसो तीनबजेतिर जीप दुर्घटनामा परेको छ । 
सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाजीकोटका लागि छुटेको जीप हंसपुर– ५, रतनमाढेमा पुगेपछि दुर्घटनामा परेको हो । लु १ ख ४८७८ नम्बरको जीप आइतबार दिउसो दुर्घटनामा परेको हो । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले उक्त जीपमा १५ जना यात्रु सवार रहेको जनाएको छ । जीप सडकबाट झन्डै सात सय मिटर तल खसेको र ९ जनाको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ । पहिरो गएको ठाउँमा पुगेपछि एकाएक जीप पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । प्रहरीले जीप चालक यामबहादुर शिरिशलाई नियन्त्रणमा लिएको छ। चालकले जिपको टायर पम्चर र ब्रेक फेल भएपछि जिप खसेको बयान दिएका छन्।

मृतकको नामावली:
किमडाँडाका नारायणबहादुर राना
हंसपुर-१ का देवबहादुर थापा
हंसपुर-४ का मीनबहादुर केसी
हंसपुर-५ का रामबहादुर घर्तीमगर
बांगेमरोडका सोभानसिंह रोकामगर
भनभनेका बुद्धिराम परियार
पूर्कोटदहका भेषबहादुर थापा
हंसपुर-५ का हुमबहादुर घर्तीमगर
सनपा-२ की सीता नेपालीमृतकको नामावली:
किमडाँडाका नारायणबहादुर राना
हंसपुर-१ का देवबहादुर थापा
हंसपुर-४ का मीनबहादुर केसी
हंसपुर-५ का रामबहादुर घर्तीमगर
बांगेमरोडका सोभानसिंह रोकामगर
भनभनेका बुद्धिराम परियार
पूर्कोटदहका भेषबहादुर थापा
हंसपुर-५ का हुमबहादुर घर्तीमगर
सनपा-२ की सीता नेपाली

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi