ठक्करबाट स्कुटर सवारको मृत्यु
२०७३/०५/१०,गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
--------------------------------------------------------------------
आज अन्दाजि १३:३५ बजेको समयमा जिल्ला भक्तपुर गठ्ठाघरस्थित सडकखण्डमा काठमाण्डौतर्फ आउँदै गरेको बा ७१ प २३७८ नम्बरको स्कुटरलाई सोहि दिशातर्फ आउँदै गरेको ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा अनियन्त्रित भएको स्कुटरलाई बा ३ ख नम्बरको बसले ठक्कर दिँदा स्कुटर सवारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला धादिङ चेतुङ्ग गा.वि.स वडा नम्बर ५ घर भई हाल काठमाण्डौ जिल्ला मैनमजु बस्ने ३७ वर्षिय वसिर तामाङ रहेका छन् । उनको १४:२५ बजे उपचारको क्रममा ठिमी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ३ वटै सवारी साधनहरु महानगरीय प्रहरी वृत्त सानोठिमीको नियन्त्रणमा रहेको छ ।




