[ ]
Latest News Updates

ADVERTISE WITH US

चितवनमा ट्रक दुर्घटना, २ को मृत्यु
Tuesday, September 6, 2016 Posted by Chitra Khabar

२०७३/०५/२१, चितवनको दारेचोकमा ट्रक दुर्घटना, २ जनाको मृत्यु
---------------------------------------------------------------------

चितवनको दारेचोक ७ चुङखोलामा आज विहान पौने ४ बजे ना ३ ख ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 


मृत्यु हुनेमा ट्रक चालक बारा मोतिसारका २६ वर्षीय राज कुमार साह कानु र नाम थर खुल्न नसकेका अर्का पुरुष व्यक्ति रहेका छन् । उनीहरुको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा ट्रकमा सवार बारा बलरामपुर ४ का २५ वर्षीय भुवन देव साह र बारा कलैया-२ का राममणी प्रसाद यादव भने घाइते भएका छन् । घाइते दुवैको सोही अस्पताल उपचार भैरहेको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi