कालिमाटीमा मोटरसाईकल दुर्घटना ३ घाईते
२०७३/०५/२१,कालिमाटीमा मोटरसाईकल दुर्घटनामा परि चालकसहित तिन घाईते
-------------------------------------------------------------------------------------
आज अन्दाजि १४:०० बजेको समयमा काठमाण्डौ जिल्ला कुलेश्वर गणेश मन्दिर स्थित सडकखण्डमा कालिमाटीबाट बल्खु तर्फ जाँदै गरेको बा ४७ प ९६८४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ४३ प २२०४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परि दुबै मोटरसाईकलका चालक र पछाडी सवार घाइते भएका छन् ।
दुर्घटनामा परि गम्भिर घाइते भएका बा ४७ प ९६८४ नम्बरको मोटरसाईकल चालक काठमाण्डौ जिल्ला टेकु बस्ने ५६ वर्षिय हरिशरण श्रेष्ठ र पछाडी सवार सामान्य घाइते निजकी श्रीमती ५२ वर्षिय राज्यलक्ष्मी श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भईरहेको छ भने अर्का घाइतेको बारेमा विवरण आउन बाँकि रहेकोले खोजतलाश भईएरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।




