चितवनमा ट्रकको ठक्कर बाट २को मृत्यु
२०७३/०५/१९, चितवनमा ट्रकको ठक्कर बाट २ जनाको मृत्यु
----------------------------------------------------------
आज बिहान पौने ५ बजे चितवनको राप्ती नगरपालीका ८ स्थित डढुवा चोकमा ना ५ ख ५८३९ नम्बरको ट्रकमा ना १८ प ४६९१ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ्ग बेनीघाट ७ का ४० बर्षिय राजेन्द्र सुनार र मोटरसाइकलको पछाडी सवार भरत बि.क. रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन सहित ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।




