[ ]
Latest News Updates

ADVERTISE WITH US

आजको दिन नेपालमा भएका सडक दुर्घटनाहरुको एकमुष्ट खबर / ४ को मृत्यु, ४० भन्दा बढी घाइते
Saturday, October 8, 2016 Posted by Chitra Khabar

२०७३/०६/२२, दैलेखमा बसको ठक्करबाट १ जनाको मृत्यु
--------------------------------------------------------------
दैलेखको राकाम कर्णालीमा बसको ठक्करबाट सिहासैनीका ३२ वर्षिय मान बहादुर कामीको मृत्यु भएको छ । आज साँझ साँढे ६ बजे नेपालगंजबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख १६९५ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाइते भएका मान बहादुरको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय राकामले नियन्त्रणमा लिएको छ ।



२०७३/०६/२२,सुर्खेतको बिरेन्द्रनगरमा जीपको ठक्करबाट १ जनाको मृत्यु
-------------------------------------------------------------------------------
सुर्खेतको बिरेन्द्रनगर-६ मा आज दिउँसो पौने १ वजे लु १ च ८२ ८७ नम्बरको जिपको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षिय निलो कामीको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते भएका उनको क्षेत्रीय अस्पताल सुर्खेतमा पौने २ बजे मृत्यु भएको हो। जिप चालक फरार रहेकाले खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

२०७३/०६/२२, मोरङ्गमा बस दुर्घटना हुँदा, १ को मृत्यु, १६ जना घाइते
-----------------------------------------------------------------------------------
कोशी राजमार्ग अन्तरगत मोरङ्गको टंकी-५ मा हिजो साँझ साढे ६ बजे बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको ना ४ ख ६०८० नम्बरको बस सडकमा रोकी राखेको लहरीमा ठोकिदा बसमा सवार सुनसरी चक्रघटि ४ बस्ने ५६ बर्षिया देवीका कार्कीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते भएकी कार्कीको उपचारको क्रममा धरान घोपामा गएराती साढे १० बजे मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएकाहरुकोे विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । 


२०७३/०६/२२, धादिङ्गमा ट्रक दुर्घटना, ३ जना घाइते
-------------------------------------------------------
धादिङ्गको नौबिसे ३ झ्याप्लेखोलामा अाज बिहान पौने ४ बजे ना ४ ख १९१७ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी एक सय मिटर तल खसी दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । चालक पर्सा रामकटवाका ३० बर्षीय बुलन्द प्रसाद कुर्मी र अन्य २ जना घाइते भएका हुन् । घाइते मध्ये चालक कुर्मीको अवस्था गम्भिर रहेको छ । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।


२०७३/०६/२२, काभ्रेमा टाटा सुमो दुर्घटना, ११ जना घाइते
-----------------------------------------------------------
काभ्रेपलाञ्चोकको मंगलटार ५ मा गएराति पौने १२ बजे मे १ ज २१३९ नम्बरको टाटा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पताल तथा शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । 


२०७३/०६/२२, जमलमा मोटरसाइकल दुर्घटना, २ जना घाइते
---------------------------------------------------------------
काठमाडौंको जमलमा बिहान आज ३ बजे बा १४ प ३७२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक, ठमेल बस्ने उदयपुरका २२ बर्षीय भुवन चौधरी र पछाडी सवार सर्लाहीका ४० बर्षीय भिम बहादुर गोले घाइते भएका छन् । घाइते दुवैको वीर अस्पतालमा उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi