[ ]
Latest News Updates

ADVERTISE WITH US

दुर्इ हजार गाडी थपिए / यात्रुको सङ्ख्या दैनिक करिब एक लाख पुग्ने अनुमान
Saturday, October 8, 2016 Posted by Chitra Khabar

पाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ।

महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर सो सङ्ख्यामा गाडी थप गरेको हो।
दसैँका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासङ्घले जनाएको छ। महासङ्घका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामा भन्दा अहिले गाडी चढ्ने यात्रुको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैँका लागि सबै गाडीले ओहोरदोहोर ३५/३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताए।
 
महासङ्घले टिकटको समस्या नरहेको जनाए पनि बल्खु, कलङ्की, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रुको चहलपहल छ। उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi