[ ]
Latest News Updates

ADVERTISE WITH US

नेपाल प्रहरीद्धारा निःशुल्क बस सेवा संचालन / यस्तो छ रुट
Saturday, October 8, 2016 Posted by Chitra Khabar

२०७३/०६/२२, नेपाल प्रहरीद्धारा निःशुल्क बस सेवा संचालन
------------------------------------------------------------------------
नेपाल प्रहरीले यात्रुहरुको सुविधालाई ध्यानमा राखी मिति २०७३-०६-२२ गते देखि दशैं अवधिभर निःशुल्क बस सेवा शुरु गरेको छ । बिहान १० बजे बाट साँझ ७ बजे सम्म,नक्सालबाट ३ वटा रुटको लागी बस सेवा शुरु गरिएको छ ।
पहिलो रुट अन्र्तगत बा१ग २५९१ नम्बरको बस नक्सालबाट शुरु भइ पुतलीसडक,माइतीघर,कुपण्डोल,जावलाखेल,एकान्तकुना,बल्खु, कलंकी, कालीमाटी,त्रिपुरेश्वर,शहिदगेट,जमल,दरवारमार्ग हुँदै नक्सालसम्म संचालन भैरहेका छन् ।
त्यस्तै दोस्रो रुट अन्र्तगत बा१ग २४७४ नम्बरको बस नक्सालबाटै शुरु भइ मैतिदेवी,गौशाला,कोटेश्वर,तीनकुने,बबरमहल,माइतीघर,त्रिपुरेश्वर, जमल, लैनचौर,लाजिम्पाट,नारायणगोपाल चोक,बालुवाटार हुँदै नक्सालसम्म संचालन भैरहेका छन् ।
यसैगरी तेस्रो रुटमा बा१ग २६०८ नम्बरको बस,नक्साल,जयनेपाल, लैनचौर,सोह्रखुट्टे,बालाजु,नयाँबसपार्क, तिलङगेटार, नारायाण गोपालचोक,सुकेधारा,चाबहिल,गौशाला र रातोपुल हुँदै नक्सालसम्म चलिरहेका छन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi