[ ]
Latest News Updates

ADVERTISE WITH US

सुमो सेवा बन्द तर बढी पैसा तिरे दलाल मार्फत रिजर्भ चालु
Tuesday, October 4, 2016 Posted by Chitra Khabar


अहिलेको भाडादरमा घाटा भएको र दसैमा एकतर्फी काठमाडौँबाट जाने यात्रु हुनेले गर्दा  बल्खुबाट फर्पिङ–हेटौंडा चल्ने टाटा सुमो सेवा बन्द भएको छ ।

मनोमानी भाडामा प्रहरीले कडाई गरेपछि सोमबार विहानैबाट व्यवसायीले सबै काउन्टर बन्द गरेर हिडेका छन् । गाडी नभएपछि विहानै बल्खु पुगेका हेटौंडा, निजगढ, लालबन्दी, विरगंजलगायतका ठाउँमा जाने यात्रु झिटीगुन्टा सहित  बल्खुमा अलपत्र परेका छन् ।
 
दसैँ अगाडि बिरगंज काठमाडौँ  ५ सय ५० भाडा दरमा यात्रु बोकेकोमा हाल व्यवसायीहरुले बल्खु–हेटाैंडासम्मकाे ६ सय रुपैयाँ लिन थालेपछि प्रहरीले निगरानी गरेको थियो ।  एकतर्फी यात्रु बोक्दा नपोसायेको  र  दसैंमा ६ सय लिन नपाए सेवा दिन नसक्ने भन्दै सुमो यातायात व्यवसायीले काउन्टर बन्द गरेका हुन् ।
 
उता यातायात सेवा बन्द भएर बिचल्लीमा परेकाहरुलाई  दलाल मार्फत हेटौडासम्म  ८, १० हजारमा गाडी मिलाइदिने थुप्रै भेटिन्छन | केही व्यवसायीले भने टिकट काउन्टर भन्दा छुट्टै र चेकिङ्ग झन्झटबाट  बच्न सजिलो जुक्ति लगाएर गाडी सिङ्गै बुकिङ्ग गरेकाे भन्दै बाटोबाटै बढी भाडा असुल्ने  गरेको छन् |
 
यसरी दलाल मार्फत गाडी मिलाउन  भारतीयहरु नै बढी रुचाउने र ग्यारेज, गल्लि भित्रैबाट गोप्य तरिकाले चढाउने गरेकाले आफुहरु  हेरेकाे हेर्यै भएको टिकट नपाएका एक यात्रुले सुनाए ।ननस्टपखबर बाट 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi